कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई नियुक्त गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ।

न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको सुनुवाइपछि यस्तो आदेश दिएको हो।

दुई वर्षअघि केही भिन्न प्रकृतिको संसद विघटन मुद्दामा यस्तै परमादेश जारी हुँदा तत्कालीन सत्तारुढ एमाले राजनीतिक विषयमा अदालत अनधिकृत रुपमा प्रवेश गरेको भन्दै भयंकर आक्रोशित थियो ।

उही एमालेको घाउमा बिहीबारको अर्को परमादेश भने मलहम बन्न पुगेको छ ।

धारा १६८ उपधारा २ बमोजिम थापाले लिएको विश्वासको मत असंवैधानिक भएकाले उपधारा ३ बमोजिम कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न अदालतले भनेको हो । संविधानले नै मार्ग निर्देशन गरेको अवस्थामा फेरि उपधारा २ मा जान नमिल्ने भएको अदालतको फैसलामा उल्लेख छ ।

कार्कीले ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here