यी हुन् निजामती पुरस्कार पाउने ४० कर्मचारी, फेला परेनन् सर्वोत्कृष्ट

काठमाडौं । निजामती कर्मचारी दिवसको अवसरमा सरकारले ४० निजामती कर्मचारीलाई पुरस्कृत गर्दैछ । निजामती सेवा दिवस, २०८० का अवसरमा उनीहरुलाई पुरस्कृत गर्न लागिएको हो।

सरकारले २०६२ सालदेखि हरेक वर्षको भदौ २२ गते यो दिवस मनाउँदै आएको छ ।

पुरस्कृतमध्ये १० कर्मचारीलाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गरिनेछ भने ३० जना निजामती सेवा पुरस्कारबाट सम्मानित हुनेछ ।

एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको थियो ।

तर, सरकारले अघिल्ला वर्षझैँ यसवर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेको छैन ।

निजामती सेवा दिवसको अवसरमा हरेक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रावधान छ ।

तर, प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जना मात्रै पुरस्कृत हुने भएका छन् । विसं २०१३ साल भदौ २२ गते निजामती सेवालाई व्यवस्थित तवरबाट सञ्चालन गर्ने उद्देश्यले निजामती सेवा ऐन जारी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here