अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा तोकेको छ ।

यो नेपाली मुद्रामा हालसम्मकै उच्च हो । यसअघि गत भदौ १ गते एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर भने १३२ रुपैयाँ ८४ रुपैयाँ तोकेको छ ।विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here