रामजानकी मन्दिरका पुजारीमाथि खुकुरी प्रहार

काठमाडौं । रौतहटमा एकजना पुजारी (साधु) माथि सांघातिक आक्रमण गरिएको छ। जिल्लाको दुर्गा भगवती गाउँपालिका-३ देवीपर्सा टोलस्थित रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो।

पुजारीमाथि आक्रमण कसले र किन गर्यो भन्ने खुलिनसकेको बताइएको छ । राती अज्ञात व्यक्तिले पुजारी साहको टाउकोमा धारिलो हतियारले हानेपछि गाउँलेले प्रहरीको सहयोग मागेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here