आज तीज, शिवालयमा दिदिबहिनीको रौनक

फाइलफोटो

काठमाडौं, १६ भदौ । आज हरितालिका तीजको मूख्य दिन । भाद्र शुक्ल तृतियाको दिन मनाइने यस चाडमा महिलाहरु आफ्नो श्रीमानको लामो आयु तथा सूस्वाथ्यको कामना गर्दै व्रत बस्ने प्रचलन रहेको छ ।

व्रत मात्र बस्दैनन्, दिदिबहिनी आज नजिकको शिवालय पुग्छन, र भगवान शिवको पूजा आरधनामा लिप्त हुन्छन् ।

किंवदन्ती अनुसार भगवान शिवको सुस्वास्थ्य तथा दीर्घायूको कामना गर्दै देवि पार्वतीले उपवास लिनु भएको दिनको सम्झनामा आज महिलाहरु पतिको लामो आयू माग्दै व्रत बस्ने गर्छन् ।

आज बिहानैदेखि देशभरका शिवालयमा महिलाको ठूलो घूँइचो छ । पशुपतिनाथ मन्दिरमा यस दिन विशेष मेला लाग्छ ।

लाखौं महिला हिन्दु धर्मावलम्बी भगवान शिवको दर्शनका लागि पशुपतिनाथ मन्दिरसम्म धाउने गर्छन् । लाइनमा लागेर पूर्जा आरधना गर्छन् ।

करीव १० वर्षपछि पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूर्वी ढोकासमेत खुला गरिदिएको छ । लामो लाइन सहज होस भनी यो ढोका खोलिएको हो । त्यसकारण यस वर्ष सहजै पशुपतिनाथ मन्दिरमा दर्शन गर्न सकिने भएको छ ।

यसबाहेक हरेक शिवमन्दिरमा पूजा अर्चना गर्दै नाचगान गर्ने महिला दिदिबहिनीको उल्लास आज दिनभरजसो देख्न सकिन्छ । पञ्चमीमा विशेष पूजा आरधना गरेपछि भने तीज सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here