त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद

फाइलफोटो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक केजी सुन बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले एक केजी सुनसहित केही व्यक्तिलाई पक्राउ गरेको हो ।

कतारको दोहा हुँदै हिमालयन एयरलाइन्सबाट काठमाडौं आएका यात्रुले सो सुन ल्याएको खुलेको हो । स्रोतका अनुसार ती व्यक्तिले सुन पगालेर लेदोको रूपमा मलद्धारमा लुकाएर ल्याएको खुलेको छ । प्रहरीले थप केही खुलाएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here