प्रि-स्कुल एजुकेटर्स नार्गाजुनको आयोजनामा ‘फष्ट स्जेट ड्रीमर’ शो (फोटोफिचर)

काठमाडौं । मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) नार्गाजुनले ‘बी अ ड्रीमर’ नारासहित ‘फष्ट स्जेट ड्रीमर’ शो आयोजना सम्पन्न गरेको छ ।

सोमबारकाठमाडौंको नाचघरमा भएको कार्यक्रममा नार्गाजुन नगरपालिका भित्रका ९ ओटा मण्टेश्वरी स्कुलहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अपेनका केन्द्रिय अध्यक्ष बद्री दाहालले यस प्रकारको कार्यक्रमले बालबालिकालाई आफ्नो क्षमता प्रस्तुत गर्न सिकाउने बताए ।

सो अवसरमा अपेन नागार्जुनकी अध्यक्ष कुमुद भट्टले बालबालिकाले जति खेल्न पायो त्यति नै ज्ञान आर्जन गर्नुको साथै उनीहरुमा विभिन्न अवधारणाको विकास हुने बताइन् ।

साथै विभिन्न प्रकारका खेलहरुले उनीहरुको आत्मविश्वाससमेत बढाउने जानकारी दिइन् ।

त्यसैगरी प्रारम्भिक बालविकास तथा शिक्षा विशेषज्ञ मिनाक्षी दाहालले बालवालिकाहरुको प्रस्तुतीले उनीहरुमा आत्मविश्वास बढेको आभाष भएको बताइन् ।

साथै बालवालिकालाई कम्तिमा ८ बर्षसम्म पढ्न तथा लेख्नमा भन्दा पनि खेल्न लगाउन सकेमा उनीहरुको बौद्धिक विकास हुने बताइन् ।

कार्यक्रममा बालबालिकाले जेव्रा क्रसिङ, भर्चुअल अटिजम, सिंह र मुसा तथा झुसिलकिराको जीवन चक्रलगायतबारे नाटक देखाएका थिए ।

त्यस्तै विभिन्न मन्टेश्वरीका वालवालिकाले नृत्य तथा र्याम्प वाक गरेका थिए । कार्यक्रमको अर्को रोचक पक्ष प्रयोग भइसकेका प्लाष्टिक तथा कागज \ पत्रिकालगायतबाट बनाइएका पोसाकहरु लगाएर र्याम्प वाक गरिएको थियो ।

सो कार्यक्रममा चिल्ड्रेन अम्व्रेला किन्डरगार्टेन, कोभिडा प्रिस्कुल, हाइड एण्ड सिक किन्डरगार्टेन, सोफी वल्र्ड स्कुल, पर्ल मटेश्वरी, किंग्स टाउन स्कुल, पीटी ओराकल,स्मार्ट किड्स किन्टरगार्टेन, मनास्लु स्कुलको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here