‘नाडा अटो शो २०२३’ को अर्थमन्त्रीले गरे उद्घाटन, ३१ गतेसम्म चल्ने

काठमाडौं । नाडा अटो शो आजदेखि सुरु भएको छ । यो शो भदौ ३१ गतेसम्म चल्ने छ । अटो शोमा विभिन्न कम्पनीले नयाँ गाडी सार्वजनिक गरेका छन् । ६ दिनसम्म चल्ने उक्त अटो शो मंगलबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरेका हुन्।

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना भइरहेको उक्त प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह-प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ।

प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लकहरू छन्। उक्त प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत छ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पांग्रे, २२ वटा ब्राण्डका दुई पांग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here