काठमाडौं महानगरले भन्यो-‘लेबल नराखिएका जार/ बोतलको पानी नकिन्नू’

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधवार एउटा सूचना प्रकाशित गर्दै लेबल नराखिएका जार तथा बोतलको पानी नकिन्न आग्रह गरेको छ । गुणस्तरहीन पानीको विक्री–वितरण भइरहेको अवस्थाप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त आग्रह गरेको हो ।

डा.अवधेश झाद्वारा सूचनामा भनिएको छ– ‘बजारमा पानी बेच्न प्रयोग भएका जार तथा बोतलहरु कुच्चिएका, फोहोर, टुटे–फुटेका, एमआरपी मूल्य उल्लेख नभएका तथा उत्पादक, उत्पादन मिति, अनुज्ञा पत्रजस्ता आवश्यक विवरण राखिएका छैनन् ।’

‘कतिपय जारको बिर्कोबाट पानी चुहिने गरेको भेटिएको छ, सूचनामा भनिएको छ– ‘यसरी पानीको शुद्धतामा व्यवसायीले ध्यान नदिँदा हानीकारक सुक्ष्म जीवाणुहरु मानव शरीरमा प्रवेश गरी संक्रामक रोग फैलिने जोखिम हुन्छ ।’

‘उपभोक्ताहरुलाई लेवल नराखिएका जार तथा बोतलको पानी खरिद नगर्न, लेबल राखिएका जार तथा बोतलमा उल्लेख भएका विवरण हेरेर शुद्धताको एकिन गरेर मात्र पानी खरिद गर्नु हुन यसै सूचनाद्वारा अनुरोध गरिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here