नेपाल पुनर्बीमा कम्पनीको नाफामा सुधार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको नाफामा सामान्य सुधार आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४.१६ प्रतिशतले बढेको छ ।

कम्पनीले गत चैत मसान्तसम्म जीवन र निर्जीवन बीमा व्यवसायबाट कुल ५९ करोड ६२ लाख ३६ रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २ करोड ३८ लाख ५० हजार रुपैयाँ धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले कुल ५७ करोड २३ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको र्निजीवन बीमा व्यवसायको नाफा घटेको छ भने जीवन बीमातर्फ बढेको छ । गत वर्षको चैत मसान्तसम्म कम्पनीले निर्जीवनतर्फ ५२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष सोही अवधिमा निर्जीवनतर्फ ६० करोड २१ लाख नाफा कमाएको थियो ।

यस्तै, समीक्षा अवधिमा जीवन बीमातर्फ ६ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लोा वर्ष सोही अवधिमा जीवन बीमातर्फ कम्पनीले २ करोड ९३ लाख नोक्सानी व्यहोरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको जीवन र निर्जीवन दुवैतर्फको खुद बीमा शुल्क संकलन घटेको छ ।गत चैत मसान्तसम्म कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब ७९ करोड रुपैयाँ र जीवन बीमा व्यवसायबाट १ अर्ब ४६ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ ।

हाल ११ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५ अर्ब ३८ करोड रुपैयाँ संचिति छ । जसमा निर्जीवन बीमाकोषमा ४ अर्ब ७८ करोड र जीवन बीमातर्फ ६० करोड २५ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ६.८२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७४.४६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४५.५७ गुणा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here