मिड सोलु हाइड्रोपावरको आइपीओ खुल्यो

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्रीमा ल्याएको छ । कम्पनीले दोस्रो चरणमा आम सर्वसाधरणका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरले ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँ बराबरको ६ लाख २१ हजार १७२ कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन पाइने छ । लगानीकर्ताले सो आइपीओमा असोज २ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here