जिल्ला न्यायाधीशको परीक्षा २२१ जनाले दिँदा एक जना मात्रै पास

काठमाडौं । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षामा जम्मा एकजना पास भएका छन् । न्याय सेवा अयाोगले साउन १६ देखि २० गतेसम्म जिल्ला न्यायाधीशका लागि आन्तरिक र खुला प्रतिस्पर्धा गराएको थियो ।

आन्तरिक खुला १५ सहित खुलातर्फ ७,महिला २, आदिवासी जनजाति २,मधेशी २ र दलित १ जनाको कोटामा लिइएको परीक्षामा जिल्ला न्यायाधीशका लागि एकजना मात्र पास भएका हुन् । परीक्षामा सबै समूहमा गरी २११ जना सहभागी थिए ।

आयोगले आइतबार प्रकाशन गरेको सूचनामा अन्तर्वार्ताका लागि एकजना मात्र छनौट भएका छन् । आन्तरिक खुलातर्फका प्रतिस्पर्धी पारसमणि पोखरेलमात्र अन्तर्वार्ताका लागि छनौट भएको आयोगले जनाएको छ ।

उनलाई अन्तर्वार्ताका लागि सोमवार बोलाइएको छ । जिल्ला न्यायाधीशको परीक्षामा यसअघि पनि कोटा बमोजिम पास नहुने समस्या थियो । न्याय सेवाका कर्मचारीबाहेक बाहिरबाट जिल्ला न्यायाधीशमा पास भएको रेकर्डसमेत छैन ।

२०७२ सालमा नेपालको संविधान जारी भएपछि प्रतिस्पर्धाबाट जिल्लामा न्यायाधीश नियुक्ति सुरु भएको थियो। अहिलेसम्म भएका परीक्षामा खुलातर्फबाट एक जना पनि पास भएका छैनन् भने आन्तरिक खुलातर्फ पास हुनेको संख्या पनि ज्यादै न्यून छ।

यसवर्ष न्याय सेवा आयोगले आन्तरिक खुलाका लागि १५, खुलाका लागि ७, महिला २, आदिवासी/जनजाती २, मधेसी २ र दलित एक पदका लागि दरखास्त आह्वान गरेको थियो।

संविधानअनुसार जिल्ला न्यायाधीशको पदपूर्ति गर्दा २० प्रतिशत ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्यांकनको आधारमा न्याय सेवाका उपसचिवहरुबाट गर्नुपर्ने व्यवस्था छ।

त्यस्तै ४० प्रतिशत तीन वर्ष न्याय सेवाको उपसचिवका रुपमा काम गरेकाहरुबाट आन्तरिक खुला प्रतिस्पर्धा र बाँकी ४० प्रतिशत खुला लिने व्यवस्था छ। खुलाबाट जिल्ला न्यायाधीशमा प्रतिस्पर्धा गर्न अधिवक्ताको रुपमा कम्तिमा आठ वर्ष निरन्तर काम गरेको हुनुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here