विदेशी मुद्रा सञ्चिति हालसम्मकै धेरै, १२ महिनाको आयात धान्ने

काठमाडौं । विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिना (साउन)को तथ्यांक अनुसार कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ७३ अर्ब पुगेको छ ।

यो राष्ट्रिय ढुकुटीमा जम्मा भएको हालसम्मकै धेरै विदेशी मुद्रा हो । यसअघि गत असारमा सबैभन्दा धेरै १५ अर्ब ३९ करोड रुपैयाँ विदेशी मुद्रा संचिति थियो ।

विदेशी पर्यटकको आवगमन बढ्दा र आयात घट्दा विदेशी मुद्रा सञ्चितिमा सुधार आएको हो । गत असारको तुलनामा साउनमा विदेशी मुद्रा सञ्चिति २.२ प्रतिशतले बढेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग १३ खर्ब ८५ अर्ब र बैंक तथा वित्तीय संस्थासँग १८७ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । २०८० साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

साउन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here