अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं । अमेरिकी डलरको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार आकाशिँदै गएको डलरको मूल्यले मंगलबार अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा तोकेको छ ।

यो नेपाली मुद्रामा हालसम्मकै उच्च हो । यसअघि गत भदौ २२ गते एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा पुगेको थियो ।

राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर भने १३२ रुपैयाँ ९४ रुपैयाँ तोकेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो ।

नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here