रातो घेरा पछ्याउँदै गुड्ने ‘द्रुत बस सेवा’ रातो बत्तिमा पनि नरोकिने

काठमाडौं । असोज ३ गतेदेखि सञ्चालन गर्ने सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ का लागि काठमाडौंका सडकमा डेडिकेटेड लेन बनाउन थालिएको छ।

सडक विभागले सम्बन्धित रुटमा आइतबारदेखि लेन मार्किङ गर्ने, संकेत चिह्न राख्ने, द्रुत बस सेवाबारे साइनबोर्ड राख्नेलगायत कार्य गरिरहेको हो ।

पहिलो चरणमा सूर्यविनायक–रत्नपार्क क्षेत्रमा २५ वटा ३९ भन्दा बढी सिट क्षमता भएका बस बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

विभागका अनुसार कार्यालय समयलाई ध्यानमा राखी चलाउन लागिएको द्रुत बस सेवाको लेनमा त्यसबाहेकको समयमा भने अहिलेजस्तै सबै प्रकारका सवारीसाधन ती लेनबाट पनि चल्न पाउनेछन् ।

यसरी रेड मार्किङ गरेको सडकमा द्रुत बससेवा सञ्चालनको समयमा अन्य सवारी साधन गुड्न पाउने छैनन् । ‘त्यस्तै चोकचोकमा हुने ट्राफिक लाइनमा पनि यी बस रोकिनुपर्ने छैन,ट्राफिक प्रहरीले एम्बुलेन्सलाई जसरी नै लाइट पास गराउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here