नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी चाउचाउ

काठमाडौं । व्यापारिक घराना चौधरी गु्रप अन्तर्गत रहेको सीजी फुड्स नेपालले आफ्ना उत्पादनहरुको विस्तारलाई निरन्तरता दिदै नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी इन्स्ट्यान्ट नूडल्स बजारमा ल्याएको छ ।

कुरिलोको स्वादमाउपलब्ध यो चाउचाउ नयाँ र फरक स्वाद रुचाउने उपभोक्ताहरुको पहिलो रोजाइ बन्ने कम्पनीले विश्वास लिएको छ ।

बहुउपयोगी र स्वस्थका हिसावले उत्तम मानिने कुरिलोको स्वाद भएको यो चाउचाउको मसलामा डिहाइड्रेटेड भेजिटेवल्स जस्तै कुरिलोको टुक्रा हरियो मटर र च्याउ मिसाइएको हुँदा सोल्टी कुरिलो बजारमा उपलब्ध अरु चाउचाउ भन्दा पृथक रहेको कम्पनीले जनाएको छ ।

कुरिलो फाइबरको एक प्रमुख स्रोत हो, जसले पाचन प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दछ । साथै, कुरिलो भिटामिन र मिनरल्सको प्रमुख स्रोत पनि हो ।
आकर्षक प्याकेटमा उपलब्ध ७५ ग्रामको कुरिलो स्वादको सोल्टी इन्स्ट्यान्टनूडल्सको उपभोक्ता मूल्य रू.२५ र ७० ग्रामको चिकेन स्वादको सोल्टी नूडल्सको उपभोक्ता मूल्य रू. २० रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here