आन्दोलनका नाममा विद्यालय बन्द गरे काठमाडौं महानगरले कारवाही गर्ने

काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरुले विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

माइतीघर-वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरुले गरेको विरोध प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनिरहेको छ । काठमाडौं महानगरपालिकाले भने शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारवाही गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाले विद्यालय बन्द भए अस्वीकार्य हुने निर्णय गर्दै विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारवाही जानाकारी दिएको छ ।

महानगर भित्रका विद्यालय बन्द गरेर पढाइ नहुने अवस्था बनाए, शिक्षकले तोकिएको आचारण विपरीत काम गरे त्यसलाई निरुत्साहित हुने गरी कारवाही गर्ने महानगरको तयरी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here