अमेरिकी आयातमा प्रतिशोधात्मक कर लगाउने डब्ल्यूटीओको निर्णयविरुद्ध चीनद्वारा अपिल

जेनेभा । विश्व व्यापार सङ्गठन (डब्लूटीओ) ले स्टिल र आल्मुनियममा अर्बौं मूल्यको अमेरिकी आयातमा कर लगाउनु गलत भएको भन्दै गत महिना गरेको निर्णय त्रुटिपूर्ण भएको चीनले दाबी गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले डब्लूटीओसँग निर्णय फिर्ता लिन अपिल गरेको छ ।

जेनेभास्थित एक व्यापार अधिकारीका अनुसार विश्व व्यापार सङ्गठनको विवाद समाधान निकायका अध्यक्षले मङ्गलबार कूटनीतिज्ञहरूलाई चीनले गत महिना विज्ञहरूको एक समितिले गरेको निर्णयविरुद्ध अपिल गर्ने आफ्नो निर्णयलाई सूचित गरेको बताएका छन् ।

अगष्ट १६ मा सदस्य राष्ट्रहरूलाई वितरण गरिएको आफ्नो प्रतिवेदनमा विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको व्यापार युद्धभित्रका धेरै विवादहरूमध्ये एक लाई समाधान गर्न सहयोग गर्न गठित विश्व व्यापार सङ्गठनको समितिले चीनको ‘अतिरिक्त शुल्कको उपाय असङ्गत छ’ भन्ने ठहर गरेको थियो ।

‘समितिले मङ्गलबार प्रतिवेदनमाथि छलफल गर्ने योजना बनाएको थियो, तर अपील को घोषणा पछि, बिषयलाई कार्यसूचीबाट हटाइएको छ,’ संयुक्त राष्ट्रसङ्घका व्यापारमामिला हेर्ने अधिकारीले भने ।

चीनले सन् २०१८ को अप्रिलमा तीन अर्ब अमेरिकी डलर बराबरको १२८ अमेरिकी आयातमा कर लगाउने निर्णय गरेको थियो ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीन र अन्य केही देशबाट आयात हुने स्टिल र आल्मुनियममा भारी कर लगाउने घोषणा गरेको केही समयपछि यो कदम चालिएको थियो ।

स्वतन्त्र व्यापारका लागि दशकौं लामो अमेरिकी नेतृत्वको अभियानबाट अलग्गिँदै ट्रम्पले संयुक्त राज्य अमेरिकामा आयातको ठूलो प्रवाहले राष्ट्रिय सुरक्षालाई खतरामा पारेको दाबीका साथ भारी करको औचित्य रहेको बताएका थिए ।

ट्रम्पका उत्तराधिकारी अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले चीनविरूद्धको व्यापार तनावमा विवाद नतन्काउने र यसलाई सकेसम्म मिलाएर लाने नीति लिएको छ । यद्यपि, करमा अडिग रहेको छ ।

विश्व व्यापार सङ्गठन (डब्लूटीओ) को विवाद व्यवस्थापन निकायले अमेरिकी स्टिल र आल्मुनियममा लगाइएको अतिरिक्त करसम्बन्धी उजुरीको निरुपणका लागि गठन गरेको छुट्टाछुट्टै समितिले अमेरिकाले पनि अन्तर्राष्ट्रिय व्यापार नियम उल्लङ्घन गरेको ठहर गत वर्षको अन्त्यमा गरेको थियो ।

वासिङ्टनले पनि डब्लूटीओका ती निर्णयहरूविरूद्ध अपील गरेको छ । अपिीलमा असङ्गत दाबी गरिएका असङ्गत बिषयहरू नियमतः प्रदान गरिएको सुरक्षा अपवादहरूद्वारा न्यायोचित थिएनन् भनी अमेरिकाले दाबी गरेको छ । तिनीहरू युद्धको समयमा वा गम्भीर अन्तर्राष्ट्रिय तनावको मामलामा लागू नगरिएको अमेरिकाको दाबी छ ।

गत महिना आएको समितिको फैसलाले वासिङ्टनले राष्ट्रिय सुरक्षा छूटको दाबी गर्नु न्यायोचित थियो कि थिएन भन्ने बारे फर्केर हेरको देखिँदैन । तर यसले अमेरिकी करहरू घरेलु उद्योगको सुरक्षाको लागि लगाइएका तथाकथित सुरक्षा उपायहरूको रूपमा स्वीकार गरेको छ ।

त्यसैले चीनले भनेजस्तै अन्यायपूर्ण सुरक्षा उपायहरूविरुद्ध प्रतिशोध लिन अनुमति दिने सम्झौता यस मामिलामा लागू नभएको दाबी अमेरिकी अर्थ विश्लेषकहरूले गरेका छन् ।

चीनले अपिल गरेपछि अब यो मुद्दा के हुन्छ भन्ने स्पष्ट छैन ।

सन् २०१९ को अन्त्यदेखि ट्रम्पको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिकाले नयाँ न्यायाधीशको नियुक्तिमा रोक लगाएपछि विश्व व्यापार सङ्गठनको अपील न्यायाधिकरण (जसलाई विश्व व्यापारको सर्वोच्च अदालत पनि भनिन्छ) लाई रोक्का गरिएको छ ।

शून्यमा अपील दायर गरेर, देशहरूले वास्तवमा अरूको अगाडि बढ्ने क्षमतालाई रोक्न सक्दछन् र गैरकानुनी मानिएका गतिविधिहरूको लागि आर्थिक क्षतिपूर्तिको लागि अनुरोध गर्न सक्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here