मेयर बालेनले भने–’शिक्षा विधेयकमा हाम्रो पनि असहमति छ, विद्यालय बन्द गरे कारबाही हुन्छ’

काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले संसदमा दर्ता भएको शिक्षा विधेयकमा आफ्नो असहमति रहेको बताएका छन् ।

शिक्षकहरूको आन्दोलन र पठनपाठन अवरोध भएको विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा स्टेटस राख्दै उनले विधेयकमा असहमति भए पनि स्कुलमा अवरोध पुर्‍याउने कार्य गर्न नहुनेमा जोड दिएका छन्।

आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकाले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको उल्लेख गर्दै उनले काठमाडौँको शिक्षाको नीति र जुम्लाको नीति तथा आवश्यकता फरक हुने बताए।

शिक्षा ऐन बनाउने अधिकार स्थानीय तहको भएको भन्दै संघीय सरकारले विधेयक संसदमा ल्याउनु नै संविधानको बर्खिलाप भएको बताए । उनले संघीय सरकारले शिक्षा ऐन तर्जुमान गरी राष्ट्रिय शिक्षा नीति ल्याउनुपर्नेमा विधेयक ल्याएको भन्दै त्यसलाई किमार्थ स्वीकार गर्न नसकिने बताएका छन् । तर, विद्यालयमा पठपाठन बन्द गरेर आन्दोलन गर्ने शिक्षकलाई भने कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here