विद्यालय बन्द गरी शिक्षक सडकमा, ७० लाख विद्यार्थी पढ्नबाट वञ्चित

काठमाडौं । सरकारले संसदमा केही दिनअघि दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित भएका छन्।

उनीहरू विद्यालय नै बन्द गर्दै राजधानी केन्द्रित आन्दोलनमा सहभागि भएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यथोचित मागहरू सम्बोधन गर्न तयार रहेको भन्दै वार्तामा बोलाए पनि उनीहरू त्यसलाई बहिस्कार गरी सडकमा ओर्लिएका छन् ।

आन्दोलनको कारण देशभरका करिब ३० हजार विद्यालय ठप्प हुनेछ भने करिब ७० लाख विद्यार्थी पढ्नबाट वञ्चित हुनेछन्। महासंघले घोषित १८ बुँदा संशोधन नभएसम्म देशैभरका शिक्षकले राजधानी नछाड्ने चेतावनी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here