उच्च अंकले बढ्यो नेप्से, एक दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । सोमबारदेखि लगातार उकालो लागेको नेप्से आज एकैदिन ४४ अंकले बढेको हो ।

बिहीबार नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ विन्दुमा पुगेको छ । यसदिन २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै ५.३१ प्रतिशतले बढेको छ ।

आज सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

उच्च अंकले बढेको बजारमा आज १ दर्जन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेशनल हाइड्रो, दिव्यश्वरी हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर र स्वाभिमान लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढको छ ।

त्यसैगरी, मन्दाकिनी, थ्रीस्टार, न्यादी, खानीखोला, अरुण काबेली, आँखुखोला, बाराही र मैलुङ खोलाका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here