नागरिकता नियमावली राजपत्रमा प्रकाशित, गैरआवासीय नेपालीलाई बाटो खुल्यो

काठमाडौं । नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ ।

बिहीबार नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएपछि आमाको नामबाट नागरिकता पाउने हक लागू भएको छ ।

नियमावली आएसँगै अब बुबाको ठेगान नभएका व्यक्तिले आमाको नाउँबाट नागरिकता पाउन सक्नेछन् । त्यसैगरी गैरआवासीय नेपाली नागरिकले पनि नागरिकता प्रमाणपत्र पाउने बाटो खुलेको छ ।

बुबाको पत्ता लाग्न नसकेका व्यक्तिले नयाँ ऐनअनुसारको नागरिकता नियमावली नबन्दा आमाको नामबाट नागरिकता पाउन सकेका थिएनन् । त्यसैगरी गैरआवासीय नेपाली नागरिकले पनि नागरिकता प्रमाणपत्रका लागि निवेदनसमेत दिन पाएका थिएनन् ।

बाबुको पहिचान खुल्न नसकेको व्यक्ति र गैरआवासीय नेपालीले नागरिकता प्रमाणपत्रका लागि निवेदन दिन सक्नेछन् ।

संशोधित नागरिकता ऐनमा नेपालको नागरिक आमाबाट जन्मेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता पाउने प्रावधान छ । तर यसरी नागरिकता पाउनका लागि नागरिकता लिन चाहने व्यक्ति र उनकी आमाले बुबाको पहिचान नखुलेको स्वघोषणा गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here