बालसुधार गृहमा दुई पक्षबीच झडप, एक जनाको मृत्यु

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

जयन्दु बाल सुधार गृहमा गए राति झडप भएको थियो। मृत्यु हुनेमा कञ्चन गाउँपालिका-४ रूपन्देहीका १८ वर्षीय सुलभ केसी छन्।

उनी अपहरण शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा दोषी ठहर भइ सजाय काटिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

झडपमा १० जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि नेपालगञ्ज नर्सिङ होम लगिएको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो पटक लागुऔषध मुद्दाका बालकहरूलाई ल्याएपछि बाल सुधारगृहमा रहेका अन्य ब्यक्तिहरुसँग पटक–पटक तनावपूर्ण अवस्था आउने गरेको थियो। यसअघि माघ अन्तिम सातापनि दुई पक्षबीच झडप भएपछि आगजनी र तोडफोड गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here