‘एचपीभी खोप’ अभियानको समयावधि दोस्रो पटक थप

काठमाडौं । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले पाठेघरको मुखको क्यान्सरबिरुद्ध खोप ‘एचपीभी’ अभियानको समयावधि दोस्रो पटक थप गरेको छ ।

अब असोज ६ गते शनिबारदेखि १० गते वुधबारसम्म सम्बन्धित खोप केन्द्रबाट खोप लगाउन पाइनेछ । यसअघि पनि पहिलो पटक असोज ५ गतेसम्म समय थप गरिएको थियो ।

किशोरीलाई लगाइने एचपीभी अभियानमा अझै लक्षित किशोरीको ५० प्रतिशतले खोप लगाउन बाँकी रहेकाले पाँच दिन समय थपिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here