सहमतिपछि शिक्षक महासंघ शान्त, राहत शिक्षक केन्द्रीय समिति आन्दोलित

काठमाडौं । सरकारसँग भएको भनिएको सात बुँदे सहमति राहत शिक्षकहरुले नमान्ने घोषणा गरेको छ ।

राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईले संयुक्त विज्ञिप्त जारी गर्दै सहमतिलाई धोका भन्दै आफूहरुले नमान्ने घोषणा गरेका हुन् ।

आफूहरुका माग सम्बोधन नभएपछि अब नयाँ आन्दोलनका लागि साथदिन राहत शिक्षकहरुलाई अब्हान गरेको छ । अधिकारीले सबै राहत शिक्षहरुलाई काठमाडौं नछोड्न पनि आग्रह गरेका छन्।

नेपाल राहत शिक्षक संघ केन्द्रीय समितिका अध्यक्ष अधिकारीले शुक्रबार भएको सहमतिमा आफूहरुको असहमति रहेको बताए । उनले ४५ हजार राहत शिक्षकको माग सहमतिपत्रमा नसमेटिएको भन्दै आक्रोश पोखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here