नाकाबन्दी पराजित गरेको क्षण सम्झिँदै ओलीले भने-‘यस्ता दिनहरु कहिलै बिर्सिन सकिँदैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नाकाबन्दीको ८ वर्ष पुगेको दिनको सम्झना गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत तत्कालीन नाकाबन्दीको बेला भूकम्पपीडित जनता पालभित्र बसेको र ग्याँसको लाइनमा लागेको तस्बिर सार्वजनिक गर्दै आफ्नो नेतृत्वमा नाकाबन्दी पराजित गरेको स्मरण गरेका हुन् । उनले भनेका छन् – आज असोज ६ गते । आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु । जीवनमा कतिपय दिन यस्ता हुन्छन् ! तिनलाई कहिलै बिर्सिन सकिँदैन।

अस्पतालमा अक्सिजन,औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो । इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौं। देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब छ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं ।

कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ। जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन। तपाईंहरूले ती दिनलाई कसरी सम्झनु भएको छ ?

२०७२ असोज ३ गते भारतको दबाब अश्वीकार गर्दै संविधान जारी भएको थियो । त्यसको दिन दिनपछि अर्थात असोज ६ देखि मधेश आन्दोलनको बहाना देखाएर भारतीय पक्षले अघोषित नाकाबन्दी लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here