मेलम्चीको पानी पुनः काठमाडौं ल्याउने समय अझै अनिश्चित

फाइलफोटो

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण थप अनिश्चित बनेको छ। मेलम्चीखाने पानी आयोजनाको हेडवर्क्स र मुख्य बाँधमा माटोको लेदो र गेग्य्रान थुप्रिएपछि पानी वितरण अनिश्चित बनेको हो ।

यस वर्ष ७ असारदेखि मेलम्चीको पानी सुरुङमा पठाउन रोकिएको थियो । तर, साउन २७/२८ मा मेलम्ची खोलामा आएको ठूलो बाढीले पुनः खानेपानी आयोजनाको मुहानमा क्षति गरेको छ ।

बाढीपहिरोले आयो जनाको मुहानसम्म पुग्ने सडकसमेत बगाएकाले हेडवर्क्स र मुहान क्षेत्रमा पुगेको क्षति अझै यकिन हुन सकेको छैन ।

ड्रोन’को सहायताले गरिएको अध्ययन अनुसार मुहान क्षेत्रमा ठूलो मात्रामा माटोको लेदो र गेग्य्रान थुप्रिएको देखिएको आयोजनाले जनाएको छ।

७ जेठ २०७९ मा बन्द भएको पानी त्यसको ६ महिनापछि अर्थात २३ मंसिर २०७९ मा मात्र पानी पुनः काठमाडौं ल्याइयो । यस वर्ष ७ असार २०८० बाट पानी रोकिएको हो । अब पानी आउने समय भने अनिश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here