क्रिकेटर लामिछानेविरुद्ध मुद्दा स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दा स्थगित भएको छ ।

आज सुनुवाइको पेसी तारिख तोकिएपनि न्यायाधीश अभावका कारण मुद्दा स्थगित भएको हो ।

न्यायपरिषद्ले हालै गरेको न्यायाधीश सरुवा तथा बढुवाले सुनुवाई प्रभावित भएको बताइएको छ ।

१९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीका महत्वपूर्ण बलर सन्दीप लामिछाने आफूविरुद्धको नाबालिग बलात्कार मुद्दाको पेसी रहेकाले उनी आज टिमसँगै चीन गएका छैनन् ।

आज मुद्दाको किनारा लागेर फैसला उनीअनुकूल आएमा सोमबार चीन जाने कुरा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here