दुई महिनामा व्यापार घाटा २ खर्ब ३३ अर्ब, आयात–निर्यात दुवै घट्यो

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको अवधिमा २ खर्ब रुपैयाँ बढी व्यापार घाटा पुगेको छ । भन्सार विभागका अनुसार साउन र भदौं महिनामा नेपालले २ खर्ब ३३ अर्ब रुपैयाँ घाटा बेहोरेको छ । गत वर्षको यही अवधिमा नेपालको व्यापार घाटा २ खर्ब ४४ अर्ब रुपैयाँ थियो ।

यस्तै, यस अवधिमा नेपालबाट २६ अर्ब ४४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ७.७९ प्रतिशतले न्यून हो । गत वर्षको दुई महिनामा नेपालबाट २८ अर्ब ६८ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

आयात र निर्यात नै खुम्चिएसँगै व्यापार घाटा समेत ४.७४ प्रतिशतले खुम्चिएको छ । दुई महिनाको अवधिमा वस्तु आयातमा २ खर्ब ५९ अर्ब रुपैयाँ बाहिरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here