विज्ञापन बोर्डले भन्यो-‘विदेशी कलाकारको फोटो राखेर विज्ञापन नगर्नू’

काठमाडौं । विज्ञापन बोर्डले विदेशी कलाकारको तस्बिर राखेर विज्ञापन नगर्न आग्रह गरेको छ ।

विज्ञापन नियमावली (पहिलो संशोधन), २०८० को नियम ९ (क)को उपनियम (३) मा होर्डिङ बोर्ड सवारीसाधन लगायत अन्य माध्यममा कुनै व्यक्तिको फोटो राखी विज्ञापन गर्दा स्वदेशी कलाकार वा व्यक्तिको फोटो राख्नु पर्ने व्यवस्था बोर्डले स्मरण गराएको छ।

‘स्वदेशी कलाकार वा व्यक्तिको फोटो राखी विज्ञापन गर्नु/गराउनु हुन विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चारमाध्यमलगायत सबै सरोकारवालालाई जानकारी गराइन्छ,’बोर्डले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here