मसलाजन्य सामाग्रीको भाउ छोइनसक्नु, महँगियो उपभोक्ताको भान्सा

काठमाडौं । दशैंमा मासुमा प्रयोग गरिने सबै प्रकारका मसलामा मूल्य बढेको छ। प्याकेटमा आउनाले गरम मसला मात्रै नभइ जिरा‚ धनियाँ‚ मेथी‚ बेसार‚ खुर्सानी‚ ल्वाङ‚ सुकुमेल‚ दालचिनी‚ मरिच सबै सबै महँगिएर आएको व्यवसायीले बताएका छन्।

एक साताअघि प्रतिकेजी ३ हजार पर्ने सुकुमेल अहिले ३ हजार ८०० देखि ४ हजार रुपैयाँ पर्न थालेको छ। त्यसैगरी ल्वाङ पनि ५०० रुपैयाँले बढेर प्रतिकिलो २ हजार देखि २ हजार १०० पुगेको छ। पहिले ल्वाङ प्रतिकिलो १ हजार ५०० /६०० रुपैयाँमा पाइन्थ्यो।

६ महिनादेखि जिराको मूल्य लगातार बढेको छ। असारसम्म थोकमा १ हजार १०० रुपैयाँमा पाइने जिराको मूल्य अहिले खुद्रामा १ हजार २५० देखि १ हजार ५०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। धनियाँको मूल्य भने प्रतिकिलो ३०० रुपैयाँ पर्छ।

गरम मसला पनि ५० ग्राममा १०/१५ रुपैयाँले महँगिएको छ। मसलाकै रुपमा प्रयोग हुने सुकेको र धुलो खुर्सानीको मूल्य पनि अकासिएको छ। केही समयअघिसम्म ५०० रुपैयाँसम्म पाइने धुलो खुर्सानीलाई अहिले ७०० रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here