झिनो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । नेप्से आज पनि ओरालो लागेको छ । साताको कारोबारको दोस्रोदिन नेप्से परिसूचक ५.८९ अंकले घटेर २००४.४५ विन्दुमा झरेको छ । यसदिन २८४ कम्पनीको १ अर्ब ५६ लाख ७३ हजार ४७१ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ३ वटा बढेको छ भने अन्य सबै घटेको छ । आज सन नेपाल लाइफको शेयर सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड ५७ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एशियन हाइड्रोपावर, माइखोला, मन्दकिनी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, हिमालयन लघुवित्त र हिमालयन ऊर्जाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here