काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैमा डिजिटल कारोबारलाई प्राथमिकता दिने भएको छ । डिजिटल कारोबारलाई प्राथमिकता दिने लक्ष्यका साथ राष्ट्र बैंकले नयाँ नोट क्यूआरमार्फत नै साट्न पाउने व्यवस्था गर्न लागेको हो ।
नयाँ नोट साट्न आउनेले यो वर्ष आफूले नोट नबोकी आउँदा पनि हुने बैंकले जनाएको छ । नयाँ नोट आवश्यक पर्ने जो कोहीले क्यूआरमार्फत भुक्तानी गरेर नयाँ नोट लिन सक्नेछन् ।
राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गर्न लागेको छ । नागरिकले ५, १०, २०, ५० र १०० दरका एकरएक बण्डल (बिटा) नयाँ नोट सटही गर्न पाउँनेछन् ।