राहत शिक्षक र प्रहरीबीच झडप, केही घाइते

काठमाडौं । प्रहरीले निषेधित क्षेत्रमा प्रवेश रोक लगाउने क्रममा प्रहरी र राहत शिक्षकबीच झडप भएको छ । केही शिक्षकहरू घाइते भएका छन् । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो ।

शिक्षकहरूको प्रदर्शनका कारण माइतीघर बानेश्वर सडकखण्ड अवरुद्ध भएको छ । उनीहरुले हरेक दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here