नौबिसे-नागढुंगा सुरुङ खन्ने काम अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ ।

कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा (असोज ९ गतेसम्म) सुरुङ खन्ने काम ९३.७० प्रतिशत सम्पन्न भएको हो ।

अब सुरुङ खन्ने काम करिब ६ प्रतिशत मात्र बाँकी छ । आयोजना अन्तर्गतको आपतकालीन सुरुङको ब्रेक थ्रु भइसकेको छ भने मुख्य सुरुङ खन्ने काम पनि अन्तिम चरणमा पुगेको हाे।

नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार कुल २६८८ मिटर मुख्य सुरुङमध्ये हालसम्म २३४०.४० मिटर सनिसकिएको छ । अब ३४७.६० मिटर मात्र सुरुङ खन्न बाँकी छ । कात्तिकभित्रै सुरुङमार्गको ब्रेक थ्रु हुने आयोजनाले बताएको छ ।

त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्ने काम सकिएको छ । कुल ५ हजार ४९९ मिटर सुरुङमार्ग (वर्किङ अडिट र क्रस प्यासेजसहित)मध्ये हालसम्म कुल ५ हजार १५१.४० मिटर निर्माण सम्पन्न भएको हो ।

आयोजनाको हालसम्म समग्रमा ६१.३१ प्रतिशत भौतिक प्रगति र ५७.२७ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here