काठमाडौंका यी स्थानमा आज सवारी चलाउन नपाइने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज सवारी आवागमन प्रभावित हुने भएको छ । इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएको हो ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहनल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।

काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here