पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्यासको भाउ २१५ रुपैयाँ बढ्यो

काठमाडौं । आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । खाना पकाउने ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको छ ।

यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको छ । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो बर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ । बढेको मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here