चाडपर्वका वेला मूल्यवृद्धिको भार खेप्दै उपभोक्ता, ग्यासको मूल्यमा भारी वृद्धि

काठमाडौं । खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। यसअघि १ हजार ८ सय ९५ मा खुद्रा बिक्री हुँदै आएको एलपी ग्यासको मूल्य बढाएर २ हजार १ सय १० रुपैयाँ पुर्‍याइएको छ। उपभोक्ताले डिपोदेखि भान्सासम्म ल्याएको ज्यालासमेत तिर्दा २२ सय नाघ्नेछ।

गत साउनयता मात्र खाना पकाउने ग्यास ४ सय ५० रुपैयाँले महँगिएको छ। यो वृद्धि २७ प्रतिशतभन्दा बढी हो। चाडका वेला सहुलियत प्याकेज ल्याउनुपर्ने सरकारले खाना पकाउने ग्यासको मूल्य एक महिनामै चार सय ५० रुपैयाँले बढाएको छ ।

नेपाल आयल निगमले १४ भदौमा प्रतिसिलिन्डर दुई सय ३५ रुपैयाँले वृद्धि गरेकोमा शनिबार पुनः दुई सय १५ बढाएर ग्यासको मूल्य महिनामै एक हजार ६ सय ६० बाट दुई हजार एक सय १० रुपैयाँ पुर्‍याएको हो ।

ग्यासमा भएको मूल्यवृद्धिले उपभोक्तामा चर्को असन्तोष देखिएको छ। सामाजिक सञ्जालहरुमा पनि यसको विरोध भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here