ईसेवासँगको सहकार्यमा सीजी नेटको ‘ह्याट्रिक दक्षिणा, स्मार्ट टीभीसम्म उपहार

काठमाडौं । सीजी नेटले सीजी डिजिटल र ईसेवासँगको सहकार्यमा दसैँ क्याम्पेन ‘ह्याट्रिक दक्षिणा’ सार्वजनिक गरेको छ । दसैँ र क्रिकेट विश्वकपलाई लक्षित गर्दै यो अफर सार्वजनिक गरेको कम्पनीले बताएको छ ।

यस अफर योजनाअन्तर्गत उपभोक्ताले पहिलेकै मूल्यमा तेब्बर गतिको इन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् ।

विभिन्न कम्बो छुटसँगै ३२ हजार ८५९ रुपैयाँ पर्ने ४३ ईञ्चको सीजी स्मार्ट टीभी खरिदमा तीन महिनाका लागि सीजीनेट आईपीटीभीको ८० एमबीपीएस सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसबाहेक ३२ इञ्चको सीजी स्मार्ट टीभी, २२ हजार ६४४ रुपैयाँमा खरिद गर्दा ३ महिनाका लागि सीजीनेट आईपीटीभीको ५० एमबीपीएसको इन्टरनेट सुविधा प्राप्त गर्न ससकिने कम्पनीको भनाइ छ ।

सीजी स्मार्ट टीभीका लागि अधिकतम छुट सुविधाका साथै यस अफरअन्तर्गत उपभोक्ताले ५० र ८० एमबीपीएस गतिको इन्टरनेट सुविधा खरिद गर्दा तेब्बर गतिको इन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् ।

उपभोक्ताले ईसेवाका माध्यमबाट सीजीनेटका प्याकेजहरु खरिद गर्दा ५०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here