कोरोना खोपको अनुसन्धान गर्ने दुई चिकित्सकलाई नोबल पुरस्कार

काठमाडौं । कोभिड–१९ विरुद्धको एमआरएनए खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिकले सन् २०२३ को ‘फिजियोलोजी तथा मेडिसिन’तर्फको नोबेल पुरस्कार पाएका छन् ।

न्युक्लियोसाइड बेस परिमार्जन गर्दै कोभिड–१९ विरुद्ध प्रभावकारी एमआरएनए खोप विकासलाई सक्षम बनाएकोमा क्याटालिन कारिको र ड्र्यू वेसम्यानलाई नोबेल पुरस्कार प्रदान गरिएको हो ।

सन् १९५५ मा हंगेरीमा जन्मिएकी कारिको अहिले हंगेरीको जेगेड युनिभर्सिटी र अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियामा आवद्ध छन्। १९५९ मा अमेरिका जन्मिएका वेसम्यान पनि अहिले युनिभर्सिटी अफ पेन्सिलभेनियामै आवद्ध छन्।

मानव स्वास्थ्यको सबैभन्दा ठूलो खतराका बेला खोप विकासमा अभूतपूर्व योगदान दिएकोमा उनीहरूलाई पुरस्कार दिइएको बताएको छ ।

सन् २०१९ को अन्त्यबाट संसारभरि कोभिड महामारी सुरू भएको थियो। कुनै खोप र उपचार नभएको कोभिड-१९ ले संसारका झन्डै ७० लाख मानिसको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here