कांग्रेस सहमहामन्त्रीमाथि खुकुरी प्रहार गर्ने पुर्पक्षका लागि थुनामा

काठमाडौं । काठमाडौं जिल्ला अदालतले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्ति पुर्पक्षका लागि थुनामा पठाएको छ ।

भदौ २० गते दिउँसो रिपोर्टर्स क्लब बाहिर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबहादुर सापकोटालाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको हो।

यस प्रकरणमा प्रहरीले सापकोटालाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान सकेर सरकारी वकिल कार्यालयले आइतबार अदालतमा मुद्दा दर्ता गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here