बझाङमा आधा घण्टाको फरकमा दुई ठूलो भूकम्प, घरहरु भत्किए (फोटोफिचर)

काठमाडौं । बझाङमा लगातार भूकम्पको धक्का महशुस भएको छ ।

मंगलवार दिउँसो पहिलो भूकम्प २ बजेर ४० मिनेटमा बझाङको तल्कोटलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको गएको छ भने दोस्रोपटक बझाङको भातेखोला केन्द्रबिन्दु बनाएर ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पका कारण बझाङको तलकोट गाउँपालिकामा क्षति पुगेको छ। सोही गाउँपालिकाको १ नम्बरको सुनिकोटको वडा कार्यालय भवनमासमेत क्षति पुगेको जनाएको छ। भूकम्पका कारण थुप्रै घरहरुमा क्षति पुगेको र त्यसको आधिकारीक विवरण भने आउन बाँकी रहेको छ।


तस्विर: सामाजिक सञ्जाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here