तीन वैज्ञानिकलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं । नोबेल पुरस्कार समितिले यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पियरे अगोस्टिनी, फेरेन्क क्राउज र एनी लुहुलियरलाई दिने निर्णय गरेको छ ।

तीनैजना वैज्ञानिकले ‘पदार्थमा इलेक्ट्रोन गतिशीलताको अध्ययनका लागि प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न गर्ने परीक्षणिक विधि,’ का लागि पुरस्कार पाएका हुन् ।

यस विधिले एटम र मोल्युकलभित्र भइरहेको प्रक्रियाको तस्बिर दिन सक्ने बताइएको छ । अर्थशास्त्रतर्फको पुरस्कार भने अक्टोबर ९ मा घोषणा गरिने छ । चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गरिएको छ । अब चार नोबेल पुरस्कार घोषणा हुन बाँकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here