टिस्टा नदीमा आएको बाढीले भारतीय सेनाका २३ जवान बगायो

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ।

भारी वर्षासँगै टिस्टा नदीमा आएको बाढीले बगाउँदा भारतीय सेनाका २३ जना जवान बेपत्ता भएका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार बुधबार बिहान आएको आकस्मिक बाढीले सिक्किमको लाचेनमा सेनाका २३ जवान बेपत्ता भएका हुन्।

लाचेन उपत्यका क्षेत्रमा बुधबार अचानक नदीको सतह ह्वात्तै बढेको छ।

चुंगथाङ ड्यामबाट ठूलो मात्रामा पानी निकास भएपछि नदीमा बाढी आएको हो। ड्याम रहेको क्षेत्रमा क्लाउड ब्रस्ट भएको बताइएको छ। टिस्टामा पानीको सतह बढेका भारतका तल्लो तटीय राज्यहरू र बंगलादेशमा पनि बाढी अलर्ट जारी गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here