एसियाली खेलकुद: भारतसँग पराजित हुँदा नेपाल कास्यमा सीमित

काठमाडौं । चीनको हाङझाउमा जारी एसियाली खेलकुद (एसियाड)को महिला कबड्डीमा नेपाल भारतसँग पराजित भएको छ।

फाइनल प्रवेशका लागि शुक्रबार बिहान भएको खेलमा नेपाल भारतसँग ६१–१७ ले पराजित भयो। भारतसँग पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।

यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ । जारी एसियाडमा नेपालले जितेको यो पहिलो पदक पनि हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here