२० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ । राष्ट्र बैंकले साविककै आकार र रंगमा ९ लाख ९९ हजार ९९९ वटा नयाँ नोट बजारमा ल्याएको हो ।

आजबाट चलनचल्तीमा आएको यो नोटको अगाडिको बायाँतर्फ सगरमाथा, दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर र बोर्डरमा नोटको सिरिज नम्बर र नेपालीमा वि.सं. २०७९ लेखिएको छ ।

नोटको पछाडिको भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक बीचमा, २ वटा बाह्रसिंगेको चित्र, तल्लो भागमा अंग्रेजीमा २० रुपैयाँ र तल्लो भागको बोर्डरमा नोटको सिरिज अंग्रेजीमा २०२३ एडी लेखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here