उकालोतर्फ शेयर बजार, नेप्से ४ अंकले बढ्दा साढे ४३ करोडको कारोबार

काठमाडौं, १८ भदौ । बुधवार नेप्से परिसूचक ३.८७ अंकले उकालो लागि १ हजार १ सय ९४.७७ अंकमा पुगेर रोकिएको छ ।

बुधवार कारोबारमा आएका मध्ये अन्य, फाइनान्स र उत्पादन क्षेत्र बाहेक अन्य सबै समुहको सूचक बढ्यो ।

बुधवार सबैभन्दा धेरै सामुहिक लगानी कोष सूचक बढ्यो । सामुहिक लगानी कोषको सूचक ०.९९ प्रतिशतले बढ्यो ।

त्यस्तै, बैकिङ्ग समुहको ०.५६ प्रतिशत, र्निजीवन बिमा कम्पनीको ०.५५ प्रतिशत, जलविद्युतको ०.४३ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

बुधवार १ सय ६८ कम्पनीको १४ लाख २२ हजार १ सय १२ कित्ता शेयर किनबेच हुदाँ ४३ करोड ६४ लाख ४४ हजार रुपैयाँ कारोबार भयो ।

बुधवार सबैभन्दा धेरै पाँचथर पावर कम्पनीका शेयर धनी रहेका छन् । पावर कम्पनीको शेयर मूल्य ९.२८ अंकले बढ्यो ।

त्यस्तै, रिडी जलविद्युत विकास कम्पनीको ४.९४ प्रतिशत, कर्णाली विकास बैंकको ४.७६ प्रतिशत बढ्यो भने अन्य कम्पनीको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा हाईड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलभमेन्ट कम्पनीका शेयर धनी रहेका छन् । हाईड्रोइलेक्ट्रीसिटीको शेयर मूल्य ३.४२ प्रतिशतले घट्यो ।

त्यस्तै, सिर्जना फाइनान्सको ३.४० प्रतिशत, यूनाईटेड फाइनान्सको ३.२२ प्रतिशतले घट्यो भने अन्य कमपनीको सामान्य अंकले घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार माछापुच्छ्रे बैंकले गरेको छ । बैंकले ९ करोड ३० लाख ४१ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here