घटस्थापनादेखि रुट परमिट खुला, काठमाडौं–नारायणघाट रूटमा ठूला गाडी सञ्चालनमा रोक

फाइलफोटो

काठमाडौं । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक सवारी साधनको इजाजत पत्र (रुट परमिट) खुला गर्ने भएको छ ।

दशैंको समयमा हुने यात्रुको चापलाई ध्यानमा राखी देशका जुनसुकै स्थानमा रुट परमिटबिना बस चलाउन दिने व्यवस्था गरेको हो ।

सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौंसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ ।

विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन । ट्रेलरलगायतका ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमासम्म रोक लगाउने जनाएको छ ।

तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीहरुलाई भने सो बन्देज कायमै रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here