कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मध्यावधि निर्वाचनमा जान नदिन एमाले त्याग गर्न तयार रहेको भन्दै पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिनुअघि नै आफूले प्रदेश प्रमुख समक्ष राजीनामा दिएको उनले बताए ।

राजीनामा घोषणा गर्नुअघि मुख्यमन्त्री कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले आ-आफ्ना दलीय आग्रह नछोडेमा जनचाहनाविपरीत मध्यावधि निर्वाचनमा जानुपर्ने बताएका छन् । प्रदेश संरचनाविरुद्धमा आवाज उठिरहेको अवस्थामा राजनीतिक दलहरूले सचेत भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

राजीनामाबारे उनले भने, ‘मैले आज विश्वासको मत लिनुअघि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको पदबाट राजीनामा बुझाउने निर्णय गरेको छु । त्यही निर्णय तपाईंहरूसमक्ष सुनाउनका लागि उभिएको छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here