सरकारले भन्यो-‘हमासको आक्रमणमा ९ नेपाली घाइते, २ को अवस्था गम्भीर’

काठमाडौं । इजरायलमा भएको समूह हमासको आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हमासको आक्रमण लगत्तै फार्मममा काम गरिरहेका १४ जना नेपाली रहेको ठाउँमा आक्रमण भएको हो।

नौ जना नेपाली घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरु ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए ।

विद्रोहीले नेपाली रहेको क्षेत्रलाई आफ्नो कब्जामा लिएकाले उद्धार गर्न कठिनाइ भइरहेको रिजालले बताइन् । सो क्षेत्रमा १७ नेपाली रहेका छन् । त्यस क्षेत्रमा रहेका नेपालीहरु घरभित्रैको सेल्टरमा सुरक्षित रहेको राजदूत रिजालले जानकारी दिइन् ।

इजरायलमा हरेक घरभित्र आक्रमणको समयमा सुरक्षित रुपमा बस्न सेल्टर (बंगर) को व्यवस्था गरिएको हुन्छ ।

‘नेपाल सरकार इजरायलमा आज भएको आतंकवादी हमलाको घोर भत्सर्ना गर्दछ जसले बहुमूल्य मानवीय ज्यान गुमाउनुका साथै धेरै घाइते भएका थिए। यस महत्वपूर्ण घडीमा, हामी इजरायल सरकारसँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौं,’ मन्त्रालयले भनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here